अवैध रुपमा भित्रिएका कुर्ता सुरुवाल अनुसन्धानको लागी भन्सार पठाइयाे

२०७९, १६ भाद्र बिहीबार १२:१९

पाल्पा– पछिल्लो समय भारतवाटको अवैधबाटो हुँदै सामान भित्रीने क्रम जारी छ । भारतको अवैधबाटो हुँदै यस्ता सामानहरु बेच्ने गिरोहहरु पाल्पाको गाउँ गाउँसम्म आउने र स्थानीयलाई ठग्ने गरेको स्थानीयहरुले गुनासो गर्दै आएका छन् । यस्तै अवैध रुपमा भन्सार छलेर भित्रिएका १ सय थान कुर्ता सुरुवाल अनुसन्धानको लागी भन्सार पठाइएकाे  छ । तिनाउँ ३  पौठेडाँडामा बोरामा राखिएको बेवारिसे सामान कपडा जस्तो देखिएपछि प्रहरीलाई खबर भएको थियो ।

घटना स्थलमा प्रहरी पुगेर हेर्दा सेतो बोरामा ५० थान र निलो बोरामा ५० थान गरी १ सय थान कुर्ता सुरुवाल फेला परेको प्रहरीले जनाएको छ । फेला परेका सामान नियन्त्रणमा लिई अनुसन्धानको लागि भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्त विरेन्द्र थापाका अनुसार दुवै बोरामा अनुमानित ८० हजार बराबरको सामान रहेकाे छ ।

Comments

ताजा खबर