स्वीडेनले फोहोर किन्छ, जर्मनी पैसा दिन्छ, तुर्किय बिजुली निकाल्छ, हामी के राजनितिमात्र गर्ने?

२०७९, २६ जेष्ठ बिहीबार २३:४३

काठमाडौं: नेपालमा महिना बिराएर फोहोरको समस्या बल्झने गरेको छ । हाल फोहोर फाल्ने स्थान रहेको नुवाकोटको बन्चरेडाँडामा काठमाडौँ महानगर र त्यहाँका स्थानीयबीच सहमति भएपछि आजबाट फोहोर व्यवस्थापन सुरु भएको छ । ३ वर्षको लागि काठमाडौँबाट निस्कने फोहोरलाई सिसडोलमा फाल्न सुरु गरेको सरकारले १७ वर्षसम्म फालेर त्यहाँ भरिएपछि हाल अर्को स्थान बन्चरेडाँडामा फाल्न सुरु गरेको छ ।

महानगरबाट उत्पन्‍न हुने फोहोर अन्य स्थानमा लगेर त्यहाँका जनतालाई बाँच्‍न मुस्किल बनाउनेभन्दा पनि त्यसलाई महानगरमा नै व्यवस्थापन गर्नुपर्ने देखिन्छ । यसका लागि महानगरले दिर्घकालिन फोहोर व्यवस्थापनको नीति अपनाएर अन्य देशमा रहेका फोहोर व्यवस्थापन प्रणाली अपनाउँदा काठमाडौँको समस्या समाधान हुन्छ ।

हाल अर्बौँ खर्च गरेर पनि काठमाडौँले फोहोर व्यवस्थापन प्रभावकारी रूपमा गर्न नसकिरहेको अवस्था छ । हाल विश्वका विभिन्‍न देशमा फोहोर कसरी व्यवस्थापन भइरहेको छ त यसको बारेमा केही जानकारी लिऔँ :

तुर्कियमा दैनिक १ सय मेगावाटसम्म विद्युत उत्पादन
तुर्किय (पुरानो नाम टर्की)मा फोहोर व्यवस्थापन पनि निकै उत्कृष्ट रूपमा गरिएको छ । अधिकांश प्लास्टिक र सिसाको सामानहरू पुन प्रयोग गरिन्छ । युरोपमा सिसा र प्लास्टिकको बोत्तल पुन प्रयोग गर्नको लागि युरोपियन युनियनले बोत्तल र सिसा जम्मा गर्दा निश्चित युरोसमेत दिने गरेको छ । यसले गर्दा यस्ता सिसा र प्लास्टिकको बोतलहरू पुन प्रयोगमा जान्छ ।

तुर्कियमा फोहोरलाई घर/अफिसबाट संकलन पश्चात त्यहाँको फोहोर व्यवस्थापन गर्ने कम्पनीले यसबाट ऊर्जा उत्पादन गर्ने गरेको छ । घर तथा कार्यालयले फोहोरको प्रकृति हेरेर कुहिने र नकुहिने छुट्याउँछन् । यस्ता फोहोरको मात्रा हेरेर १ सय मेगावाटसम्म विद्युत उत्पादन गर्ने गरेको छ । तुर्कियले डम्पिङ साइटमा फाल्ने फोहोरको मात्रा २ प्रतिशत हुने गरेको छ जुन निकै कम हो ।

जापानमा फोहोर फाले पाँच वर्ष जेल, १० मिलियन अमेरिकी डलर जरिवाना
१ करोड ३० लाखभन्दा बढी मानिसहरू जापानको राजधानी टोकियोमा बस्छन् । नेपालको तुलनामा आधा जनसंख्या बस्‍ने सहरमा एक टुक्रा प्लास्टिक वा अन्य फोहोर मैला भेट्टाउन सकिदैन् । जापानमा पनि फोहोरै नहुने होइन तर त्यहाँका मानिसहरू फोहोर कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने सरकारको फोहोर व्यवस्थापन प्रणालीलाई अनुकरण गर्ने गरेका छन् । जापानमा विद्यालयस्तरदेखि नै विद्यार्थीहरूमा सफाइ सम्बन्धि ज्ञान दिइने गरिएको छ । विद्यालयमा कक्षा सकिएपछि आफ्नो विद्यालय सफा गर्ने बानीको विकास सानैदेखि हुने गरेको छ ।

जापानमा कपोस्टेबल, इनकम्पोस्टेबल, रिसोरेसेसर्वल र लार्ज आइटम गरि चार भागमा वर्गीकरण गरेको छ । यसरी वर्गीकरण गरेको फरक-फरक दिनमा त्यहाँको फोहोर व्यवस्थापन गर्नेले संकलन गर्छ । जापानमा पनि जथाभावी फोहोर फालेमा ५ वर्ष जेल देखि १० मिलियन अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । यसरी संकलन गरिएको फोहोरलाई त्यहाँ पावर निकाल्ने तथा प्लास्टिक लगायतका फोहोरबाट प्लास्टिकका सामानहरू बनाउने गरिएको छ ।

जर्मनीको फोहोर व्यवस्थापन विश्वकै उत्कृष्ट
युरोपको हब मानिने जर्मनीको फोहोर व्यवस्थापन पनि विश्वकै उत्कृष्टमध्ये एक हो । जर्मनीमा पनि त्यहाँका नागरिकले घरबाटै फोहोर छुट्याउछन् । जर्मनीमा प्लास्टिक तथा सिसाका बोतलमा केही युरोसमेत पाइने व्यवस्था छ । यसरी संकलन गरिएका प्लास्टिक तथा सिसाका बोतलहरू पुन प्रयोग गरिन्छ । जर्मनी विश्वमै सबैभन्दा धेरै यस्ता सामाग्रीहरूको पुन प्रयोग गर्ने देशसमेत हो ।

त्यस्तै त्यहाँ कुहिने र नकुहिने फोहोर छुट्याएर राखिएका फोहोर त्यहाँको फोहोर व्यवस्थापन गर्ने संस्थाले लैजान्छ र जसलाई मेसिनद्वारा पुन: प्रयोग सामाग्री तथा सडक संरचना बनाउन प्रयोग गरिने सामाग्रीहरू समेत बनाइन्छ ।

स्वीडेनले फोहोर किन्छ
स्वीडेनले फोहोर व्यवस्थापन र रिसाइकल गर्ने सन्दर्भमा एक बेन्चमार्क सेट गरेको छ। स्वीडेनमा लगभग ९९ प्रतिशत फोहोर पुन: प्रयोग गरिन्छ र १ प्रतिशत मात्र ल्यान्डफिलहरूमा फाल्ने गरेका छन् । वास्तवमा, तिनिहरूको ल्यान्डफिलहरू यति खाली छन् कि स्पष्ट रूपमा स्वीडेनले अन्य देशहरूबाट फोहोर आयात गर्नुपर्छ । एक स्वीडिस वातावरण संरक्षण संस्थाका अनुसार स्वीडेनले प्रत्येक वर्ष लाखौँ टन फोहोर अन्य देशबाट आयात समेत गर्छ यसमा सबैभन्दा ठूलो हिस्सा नर्वे र बेलायतको रहेको छ ।

स्वीडेनले हरेक वर्ष उत्पादन गर्ने ४.४ मिलियन टन घरेलु फोहोरमध्ये २२ लाखलाई वेस्ट-टू-एनर्जी नामक प्रक्रियाबाट ऊर्जामा परिणत गरिन्छ । घरेलु प्रयोगकर्ताले फोहोरलाई वर्गीकरण गरी खतरनाक फोहोरहरू र पुन: प्रयोग गर्न मिल्ने सामग्रीहरूमा अलग-अलग छुट्याएका हुन्छन् । जसलाई त्यसपछि विभिन्‍न फोहोर-व्यवस्थापन प्रणालीहरूमा पठाइन्छ । यसरी आएका फोहोरहरूलाई प्रकृति हेरेर ऊर्जा, पुन प्रयोग र ल्यान्डफिलमा पुर्‍याइन्छ ।

संयुक्त राज्य अमेरिका, जर्मनी, अष्ट्रेलिया, ब्राजिल र कोलम्बियामा विशेष आविष्कारहरू दिगो फोहोर व्यवस्थापनको लागि तयारी गरिरहेका छन् । अमेरिकाको बाल्टिमोर नदीमा पर्यावरणमैत्री रोबोटिक मेसिन जडान गरिएको छ । जुन सोलार र नदीको धाराबाट सञ्चालित हुन्छ। यसले नदीको फोहोर र फोहोर सफा गर्छ र यसलाई मेसिनमा निर्मित एक ब्यारेजमा जम्मा गर्छ ।

ब्राजिलको एक डिजाइन स्टुडियोले मानिसहरूलाई आफ्नो घर सजाउन एवं बनाउन प्लास्टिकको फोहोर प्रयोग गर्न प्रोत्साहित गरिरहेको छ ।(एजेन्सीहरूको सहयोगमा)

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु