नेपाली मुद्राको विनिमय दर घट्यो, अमेरिकी डलर नयाँ उचाइमा

२०७९, २६ जेष्ठ बिहीबार ११:२१

काठमाडौँ – नेपाली रुपैयाँ कमजोर अवस्थामा पुगेको छ। नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ।

बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ बिक्री दर तोकेको छ। करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकामा पछिल्ला दिनमा लगातार बढिरहेको छ। बुधबार अमेरिकी डलरको विनियम दर १२४.६४ रुपैयाँ थियो ।

रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ। भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ। नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु