लोक सेवाले लिएको खाद्य संस्थानको लिखित परीक्षा रद्द गरिएको छ।

२०७९, २६ जेष्ठ बिहीबार ११:०३

लोक सेवा आयोगबाट अधिकृतका लागि लिइएको नेपाल खाद्य संस्थानको लिखित परीक्षा रद्द गरिएको छ।

पदपूर्ति समितिको जेठ २४ को निर्णयअनुसार उक्त लिखित परीक्षा रद्द गरिएको हो। २०७५ चैत २६ र २७ गते लिइएको परीक्षा रद्द गरिएको हो। लोक सेवाले पनि जेठ १६ मा उक्त लिखित परीक्षा रद्दा गर्न निर्देशन दिएको थियो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उक्त लिखित परीक्षा रद्द भएको आज सूचना निकालेर जानकारी गराएको छ। सर्वोच्च अदालतको २०७७ फागुन १० को फैसला र लोक सेवाको २०७८ पुस २६ को निर्णयबाट ती परीक्षा रद्द भएका हुन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु