२७ वैशाखको मध्यरातदेखि काठमाडौंमा मदिरा बिक्री वितरणमा रोक

२०७९, २६ बैशाख सोमबार ०७:२९

काठमाडौं-स्थानीय तह निर्वाचन सुरक्षालाई लक्षित गरी काठमाडौंमा वैशाख २७ गतेदेखि ३० गते साँझसम्म मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार एक सूचना जारी गरी वैशाख २७ गते मगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन नगर्न नगराउन आग्रह गरेको छ । ३० वैशाखमा स्थानीय तहको निर्वाचनको दिन तोकिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु