आगलगीमा पचास हजार बराबरको क्षति

२०७९, २६ बैशाख सोमबार ०५:५६

सप्तरी: सप्तरीको वोरियामा आइतबार भएको आगलगीमा पचास हजार बराबरको क्षति भएको छ ।

राजविराज नगरपालिका वडा नम्बर-१६ बस्ने स्थानीय बुदुर यादवको घरमा दिउसो १ बजे आगलगी भएको थियो । आगलागीबाट घरमा रहेका भाडाकुडा, लताकपडा लगायत जिन्सी समानहरू जलेर खरानी भएपछि ५० हजार बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

आगोलाई राजविराज नगरपालिकाबाट गएको बारूयन्त्र, स्थानीयवासी र प्रहरीले निभाएको स्थानीयले बताए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु