एमसीसीबारे माधव नेपालको कडा निर्देशन– पार्टीको निर्णय मान्नुपर्छ, स्टाटस मेटाउनुस्

२०७८, २५ फाल्गुन बुधबार १२:२५

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समावजादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसीका विषयमा कडा निर्देशन जारी गरेका छन् ।

फाइल फोटो

नेपालले आजदेखि बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै एमसीसीका विरुद्धमा आवाज नउठाउन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका हुन् ।

“एमसीसीका विषयमा पार्टीले निर्णय गरिसकेको छ । पार्टीको निर्णय सबैले मान्नुपर्छ,” उनले भने, “एमसीसीविरुद्धमा लेखिएका स्टाटस मेटाउनुहोला । व्याख्यात्वमक घोषणासँगै एमसीसीका विषयमा रहेका अस्पष्टता हटेका छन् ।”

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु