स्वर्ग झैँ लाग्दछ – कविः सुरेन्द्र चौहान
सेता हिमाल, हरिया पहाड, स्वर्ग झैँ लाग्दछ
डाँडामा बसी सुस्केरा हाल्दा, थकाइ भाग्दछ।
छ सिँगारिएको नेपाली भूमि, मलिला माटाले
बन्दैन मुलुक नकसी कम्मर, यो हाम्रो छाँटले।
डाँफे र मुनाल मयुर नाच्छन, ती डाँडा पाखामा
नर र नारी गाउँछ्न गीत, आ-आफ्नो भाकामा ।
तराई हाम्रो आन्नको भण्डार, संरक्षण गरौँ है
नरहे देश, रहौला कहाँ यो सन्देश छरौँ है ।
त्यो चुरेपहाड मेरुदण्ड देशको जोगाउनु पर्छ है
पुर्खाको नासो सन्तानको हाँसाे संरक्षण गर्छ है।
पूर्व र पश्चिम फैलिएर रहेको, नेपाल मेरो देश
विश्वमै नाम कमाएका हामी, यही हो हाम्रो भेष।
अमर अटुट सम्बन्ध गाँसी, अगाडि लम्कन्छौँ
पोल्टामा माया बोकेर हामी, विश्व मै चम्कन्छौँ।
भृकुटी सीता लक्ष्मी बुद्ध, येही देशमा जन्मिए
देशका लागि मानेनन् हार, नाला नै खन्दिए ।
बाँडेर खाने प्रसाद होइन, पवित्र नेपालधाम
नेपाली माया पाइन्छ यहाँ, छैन है यस्तो ठाँम।
अनेकतामा एकता सधैँ, देशमा झल्कियोस्
माया र सद्भाव बढेर जाओस, शान्ति फैलियोस् ।