भन्सार एजेन्टको लिखित परीक्षा आगामी फागुन २८ गते शनिबार हुने भएको छ ।
भन्सार विभागले बुधबार सूचना जारी गर्दै फागुन २८ गते दिउँसो २ बजे परीक्षा हुने जानकारी दिएको हो । विभागका अनुसार परीक्षा केन्द्र भने पछि प्रकाशन हुनेछ ।
लोक सेवा आयोगको कोभिड सम्बन्धि मापदण्ड पूरा गरी परीक्षा सञ्चालन गरिने उक्त परीक्षाका प्रवेशपत्र विभागको वेबसाइटबाट लिन सकिने भन्सार विभागले जनाएको छ । कोरोना महामारीका कारण करिब एक वर्ष अघि खुलाइएको आवेदन रोकिँदै आएको थियो ।
यस्तै लिखित परीक्षामा पास भएपछि मौखिक अन्तर्वार्ता हुनेछ । अन्तर्वार्तामा पास हुने उम्मेदवारले नतिजा प्रकाशित भएको ९० दिनभित्र लाइसेन्सबापत ७ हजार र धरौटीबापत ७ लाख रुपैयाँ विभागलाई बुझाउनुपर्छ ।