नारीहरुको महानपर्ब तीजको अबसरमा तिज डान्सिङ क्विन’ प्रतियोगिता हुने ।

२०७९, १० भाद्र शुक्रबार १३:३१

जापान । जापानमा रहेका नेपाली चेलीहरुका लागि यस बर्षको हरितालिका तीजको अवसरमा ‘तीज डान्सिङ क्विन’  हुने भएको छ ।

‘मनाऔं तीज खुशियाली बाँढेर, प्रतिभा देखाऔं छमछमी नाचेर’ भन्ने अभियानका साथ जापानमा रहेका नृत्य प्रति रुचि राख्‍ने नारीहरुले सहभागिता जनाउन सक्ने गरी प्रतियोगिता आयोजना गरिएको निपष्क्ष न्यूजले जानकारी दिएको छ । 

सौभाग्य र नारी अधिकारका लागि उत्सवका साथ मनाईने हरितालिका तिजमा यस बर्ष तिजको रमाईलो सगै उत्कृष्ट नृत्य प्रस्तुत गर्ने सहभागी मध्ये प्रथम हुनेले ५० हजार जापानी यान, दोश्रो हुनेले ४० हजार जापानी यान, र तृतीय हुनेले ३० हजार जापानी  यन सहित ट्रफि प्राप्त गर्ने भएका छन । 

प्रतियोगितामा सहभागि हुन चाहानेहरुले आफुले घरमा नै २ मिनेट सम्मको तिजको गितमा नृत्य गरेको भिडियो निष्पक्ष न्यूजको फेसबुकमा वा निष्पक्षन्यूजको 08047262061 को ह्वाटसएप (whatsapp) मा पठाई सहभागि हुन सक्ने प्रतियोगिताका संयोजक शिक्षा शान्ति वाईवाले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि प्राप्त भएका भिडियोहरुलाई निर्णयक मण्डले छनौट गरेपछि फाईनल राउण्ड प्रवेश गराई अन्तिम अर्थात् फाईनल राउण्डमा प्रत्यक्ष नृत्य गराई उत्कृष्ट तीन जनालाई छनौट गरी पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु