मलेसियाका पूर्वप्रधानमन्त्री रजाक जेल चलान

२०७९, ८ भाद्र बुधबार १०:१७

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक जेल चलान भएका छन्। अदालतले उनको अपिल अस्वीकार गरेपछि १२ वर्षको सजाय भुक्तानका लागि उनी जेल चलान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

६९ वर्षका जराक राज्यको स्वामित्वमा रहेको पूँजी कोष वान मलेरिया डेभलम्पमेन्ट बेर्हाद (एमडिबी) सँग जोडिएको भ्रष्टाचार आरोपमा दोषी ठहर भएका हुन्।

उनी सन् २०२० को जुलाइमा दोषी ठहर भएका थिए। तर उनी अपिलको क्रममा जमानतमा जेल बाहिर थिए ।

अदालतले उनको सजाय ढिला गरिपाऊँ भन्ने अपिल अस्वीकार गरेको हो। उनले आफूले कुनै पनि गलत काम नगरेको बताउँदै आएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु