छ सय तेईस जनामा कोरोना संक्रमण

२०७९, ३ भाद्र शुक्रबार १७:५४

पछिल्लो समयमा कोरोना संक्रमण बढ्दैगरेको छ । गएको २४ घण्टामा ६ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९ सय ४५ जनामा परीक्षण गर्दा ६ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो अवधिमा ४८७ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । हाल देशभर सक्रिय संक्रमित ५ हजार २४ जना रहेका छन् । मन्त्रालयले स्वास्थका मापदण्ड अपनाउन सर्बसाधारण लाई आग्रह गरेको छ ।

Comments

ताजा खबर