जनताको जीवनस्तरसँग जोडिएको सिद्धार्थ आर्थिक करिडोरको गोष्ठी पोखरमा

२०७९, २२ श्रावण आईतवार १८:०४

सिद्धार्थ आर्थिक करिडोर जनताको जीवनस्तरसँग जोडिएको हुन्छ यसलाई लाईफमार्ग बनाउनुपर्छ
पोखरा, २२ साउन ।
सिद्धार्थ आर्थिक करिडोरको सिकाई गोष्ठी पोखरामा संचालन भैरहेको छ । सिद्धार्थ राजमार्गमा अवस्थित १५ पालिका प्रमुख, उपप्रमुख तथा कार्यकारी अधिकृतहरुको सहभागीता रहेको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकामा प्रमुख धनराज आचार्यले सिद्धार्थ राजमार्गको विकासले यस क्षेत्रको लाईफलाईन मार्गको रुपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो सिद्धार्थ आर्थिक करिडोर जनताको जीवनस्तरसँग जोडिएको हुन्छ यसलाई लाईफमार्ग बनाउनुपर्छ ।

सानिसाका तर्फबाट सञ्चालन गरिने समुन्नत र सुदृढ कार्यक्रमहरुको परिचय प्रश्नोत्तर, सिकाई, अपेक्षा जस्ता विषयमा समुन्नती टिम लिडर हीरामणी घिमिरे, बेलायती राजदूतावासका प्रतिनिधि लगायतले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।

मेयर फोरमको सचिवालय तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षतामा चलेको कार्यक्रम शंकर भण्डारीले सञ्चालन गर्नुभएको छ । शनिबारदेखी सुरु भएको गोष्ठी सोमबार सकिनेछ । कार्यक्रम तानसेन नगरपालिकाको आयोजनामा भएको गरिएको हो ।

तीन दिनसम्म सञ्चालन हुने गोष्ठीमा प्रभावकारी स्थानीय सेवाको लागि सार्वजनिक निजी साझेदारी अन्तर्गत
पोखराको होटल बाराहीमा सुरु भएको कार्यक्रममा सिद्धार्थ आर्थिक करिडोर र मेयरस फोरमका उद्देश्य, अपेक्षित परिणामहरु, सार्वजनिक निजी साझेदारी कार्यक्रम (सानिसा) कार्यान्वयनका अवसर र चुनौतीहरुसँगै पालिकास्तरमा सञ्चालन हुने कार्यक्रमहरु बारेको छलफल हुनेछ ।

Comments

ताजा खबर