ट्रक दुर्घटनामा चालकले ज्यान गुमाए 

२०७९, २२ श्रावण आईतवार १७:५०

पाल्पा, २२ साउन ।
ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
आइतबार बिहान गुल्मिको रेसुङ्गा नगरपालिका वडा नम्बर १० सिमिचौरमा लु १ ख १८६६ नम्वरको ट्रक दुर्घटना हुँदा चालक गुल्मीदरवार गाउँपालिकाका अन्दाजी ३५ वर्षका रन बहादुर ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 
सिमीचौरको राङबासबाट बुटवल तर्फ खाली ट्रक जाँदै गरेको थियो । सडक देखि करिब दुई सय मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको गुल्मी प्रहरीले जनाएको छ । 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु