आज थप ५ सय ५३ जनामा कोभिड संक्रमण

२०७९, २२ श्रावण आईतवार १६:५३

काठमाडौँ: नेपालमा थप ५ सय ५३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ४० पिसिआर परीक्षणका क्रममा ४ सय ५१ जना र १ हजार ७ सय ४९ एन्टिजेन परीक्षणका क्रममा १ सय २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण आइतबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ४ सय ३३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७२ हजार ४ सय ९७ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ६ सय ५९ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु