गएको सातादेखी पहिरो पन्छाउन नसक्दा यातायात अबरुद्ध, यात्रुलाई सास्ती

२०७९, २१ श्रावण शनिबार १६:१९

पाल्पा, २१ साउन
पाल्पा जिल्ला सुगम यातायातको पहुच भएको जिल्ला भित्र पर्दछ । यहि जिल्लामा पहिरोले बन्द भएको एक साता सम्म पनी बाटो खुल्न सकेको छैन । स्याफतको राम्चे भिरमा गएको पहिरो अझै हट्न सकेको छैन । जसका कारण यात्रुले निकै सास्ती खेपेका छन ।

पाल्पाको सदरमुकाम तानसेनबाट ३५ कोलोमिटर टाढा आर्यभञ्जाङ रामपुर सडक खण्ड अन्तरगत स्याफत देउरालीको राम्चे भिरमा ठूलो पहिरो गएको थियो । एक साता अघि परेको पानीले पहिरो गई सडक अबरुद्ध भएसंगै दैनिक आवाजजावत गर्न असहज भएको थियो । सडकमा माथिबाट ठुला ठुला ढुङ्गा सहितको पहिरो निरन्तर गैरहेको छ । पहिरो खुलाउने प्रयास भइरहे पनि सफल हुन सकेको छैन । स्थानीय शिव श्रेस्ठका अनुसार पहिरो हटाउन डोजर परिचालन भए पनी हालसम्म बाटो खुलाउन सकेको छैन ।

<span;>बाटो अबरुद्ध भएपछी सवारीसाधन संचालनमा हुन सकेका छैनन । स्याफट देउराली – रोङ्ढेङ्ग खलुकभञ्जाङ बाईवास भएर साना गाडिहरु चलेका छन । उक्त बाटो साघुरो भएकाले बर्खाका कारण यात्रा गर्न जोखिमयुक्त रहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु