दुर्घटना न्यूनीकरण गर्न चालकलाई सचेतना

२०७९, २१ श्रावण शनिबार १४:१४

पाल्पा, २१ साउन ।
दुर्घटना न्यूनीकरणका लागी सवारी चालकलाई सचेतना अभिबृद्धीका लागी सडक सुरक्षा सतर्कता सम्बन्धि प्रशिक्षण दिईएको छ । श्रीनगर यातायात सेवा कम्पनी प्रा लि अन्तर्गतका सवारीचालक लाई सचेतता तालिम दिइएको हो । कम्पनीको केन्द्रिय कार्यालय तानसेन्मा जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरि नायब निरीक्षक दामोदर मल्लले प्रशिक्षण दिनुभएको थियो ।
श्रीनगर यातायात सेवा कम्पनीका अध्यक्ष डिल बहादुर ढुङ्गानाले सार्बजनिक यातायातको यात्रा सुरक्षित बनाउन सवारीका चालक, सहचालकहरु जिम्मेवार बन्न आग्रह गर्नुभयो । सडकमा हुने लापरबाहीले दुर्घटना बढेकोले यसको नियन्त्रण गर्न चालक मजदुर नै जिम्मेवारी हुनुपर्ने अध्यक्ष ढुङ्गानाले बताउनुभयो ।

चालकको लापरबाहीले धेरै दुर्घटना हुने गरेकाले  चालकहरुलाई जिम्मेवार हुन आग्रह गर्नुभयो । प्रशिक्षणका क्रममा सडक सुरक्षा, ट्राफिक चिन्हको जानकारी, सवारीको क्षमता, ओभरटेक गर्ने तरिका, दुर्घटना पछि हुने कानुनी प्राबधान, ऐनमा भएको ब्यवस्थाका बारेमा चालकहरुलाई जानकारी गराइएको थियो ।

यस्तै कार्यक्रममा सिट क्षमता अनुसार यात्रु चढाउन, यात्रुलाई टिकटको अनिवार्य ब्यवस्था गर्न, निर्धारण भएको भन्दा धेरै भाडा नलिन चालकलाई श्रीनगर यातायातले आग्रह गरेको छ ।

पाल्पामा भएका दुर्घटना मध्ये ९० प्रतिशत दुर्घटना चालकको लापरबाहीले भएको तथ्यांक छ । गएको बर्षमात्र जिल्लामा ठुला प्रकृतिका ६५ वटा दुर्घटना भएका छन । जसबाट २५ जनाले ज्यान गुमाए भने ९० जना घाइते भएको तथ्यांक ट्राफिक संग रहेको छ ।

Comments

ताजा खबर