झठ्ठ हेर्दा अनौठो लाग्ने सरिफा (रामफल)को औषधीय गुण!

२०७९, २० श्रावण शुक्रबार १४:२९

राज भट्टराई,काठमाडौं: सेल्फी डाडामा बेचिरहेको सरिफा(Custard Apple), झट्ठ हेर्दा अनौठो आकृतिको जस्तो देखिने यो फल काचो छदा हरियो र पाक्ने बेलामा भने हल्का पहेलो र सेतो सेतो जस्तो देखिन्छ । यसलाई फरक फरक नामले चिन्ने गरिन्छ कतै यसलाई सरिफा, रामफल, भनेर चिनिन्छ भने पुर्बतिर यसलाई आँटि भनेर पनि चिनिदो रहेछ ।

किम्बदन्ति अनुसार सिता वनवासमा रहेको समय यो फललाइ धेरै रुचाउने गर्थिन, त्यसैले यसलाई सिताफल समेत भनिन्छ । यस फलको बोटको उचाई सामान्यतया ६ देखि १० फिट सम्मको हुने गर्दछ , यस फलको बोट को औसत आयु भने २८ देखि ३० बर्ष सम्मको हुन्छ । यसको पातहरु भने गाढा हरियो रङको हुन्छ , जसको एउटा फरक प्रकारको गन्ध आउछ जसका कारण यसको बोटमा त्यति किराहरु बसेको पाइदैन । यो एउटा मनसूनि फल हो । यो बाहिर बाट कठोर देखिए ता पनि भित्रबाट नरम हुने गर्दछ । नेपालमा यो श्रावण देखि भदौ को बिचमा पाक्ने गर्दछ । पाके पश्चात यसको स्वाद निकै गुलियो र मिठो हुने गर्दछ ।

यो एउटा अत्यन्त राम्रो स्वादिष्ट फल हुनुको साथै धेरै औषधिय गुण भएको मानिन्छ । यस फलको सेवनले हाम्रो शरिरलाई स्वस्थ राखन र रोग ब्याधिबाट टाढा राख्न मद्धत गर्दछ । यो फल पित्तनाशक , रक्तबर्धक , विर्यबर्धक र मुटु रोगिको लागि अत्यन्तै पौष्टीक तत्वयुक्त मानिन्छ । यसमा भिटामिन बि १, बि २, भिटामिन सि आदि प्रचुर मात्रामा पाइन्छ । सरिफामा खनिज तत्व प्रोटिन उच्च मात्रामा पाइन्छ । सरिफा मा भएको पोटासियम र म्याग्नेसियमले मुटुलाइ बलियो मात्र नभई रोग रहित समेत राख्दछ ।

सरिफाको सेवनले हामिलाइ उर्जा समेत प्राप्त हुन्छ जसले शरिरको थकाइ , हाडको कमजोरि कम हुनुको साथै मांसपेसि समेत बलियो राख्दछ । यो फलको सेवनले पाचन प्रक्रियालाइ समेत बलियो बनाउदछ । कब्जियत , ग्यासको समस्या भएकाहरुको लागि यो उपयोगि हुन्छ । यसमा भएको रेशा(फाइबर) ले हाम्रो पाचन तन्त्रलाइ बलियो बनाउछ । यतिमात्र नभइ यसको सेवनले तौल बढ्ने समस्या समेत कम हुन्छ ।

यो फलमा प्रशस्त मात्रामा कपर र आइरन पाइन्छ जसले गर्दा शरिरमा रगतको कमि हटाउन सघाउछ । यति मात्र नभएर रगत सफा समेत गर्दछ । यसमा भएको भिटामिन, र एन्टिअक्सिडेटले हाम्रो मस्तिष्कलाई तिब्र पार्नुको साथै सदैब फ्रेस गर्नमा समेत सघाउछ । यो फल दमको बिरामि को लागि समेत उपयुक्त मानिन्छ ।

Comments

ताजा खबर