प्रदेश १ ले फेरि ल्यायो घरेलु मदिरा ब्रान्डिङको योजना अघि सारेको छ

२०७९, २५ जेष्ठ बुधबार १५:५२

प्रदेश १ सरकारले घरेलु मदिराको ब्रान्डिङ गर्ने योजना फेरि अघि सारेको छ। बुधबार सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले यो योजना सुनाएका हुन्।

यसअघि शेरधन राई मुख्यमन्त्री र उषाकला राई सामाजिक विकास मन्त्री हुँदा पनि प्रदेश सरकारले स्थानीय मदिराको ब्रान्डिङ गर्ने बताएको थियो। सरकारले योजना बनाए पनि यसबारे कुनै काम अघि बढेको थिएन। राजेन्द्र राई नेतृत्वको प्रदेश सरकारले ल्याएको प्रदेश सभाको पहिलो कार्यकालको अन्त् नीति कार्यक्रममा घरेलु मदिरा ब्रान्डिङको मुद्दा फेरि समेटिएको हो। अहिले प्रदेश प्रमुखले संसदमा नीति कार्यक्रम वाचन गरिरहेका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु