प्रहरीले अश्रुग्यास हान्यो, बञ्चरेडाँडामा स्थानीयले फोहोर फ्याँक्न नदिँदा तनाव

२०७९, २५ जेष्ठ बुधबार १५:४५

काठमाडौँ-  बञ्चरेडाँडामा काठमाडौंको फोहोर फ्याँक्न स्थानीयले अवरोध गर्दा तनाव सिर्जना भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ।

बञ्चरेडाँडामा सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाबीच भएको सहमतिअनुसार मंगलबारदेखि फोहोर फ्याँक्न सुरु गरेपछि स्थानीयले सम्झौता चित्त नबुझेको भन्दै अवरोध गरेका हुन्।

स्थानीयले फोहोरका गाडीहरु रोकेपछि तनावको स्थिति सिर्जना भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो। अवरोध गरिरहेका स्थानीयलाई  हटाउन प्रहरी परिचालन गरिएपछि झडप हुँदा स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ। तनाव बुधबार दिउँसोसम्म जारी रहेको र स्थानीयले फोहोरका गाडीहरु बाटैमा रोकिरहेको घटनास्थलमा रहेका प्रहरीले देशसञ्चारसँग बताए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु