काठमाडौंको न्युरोड रञ्जना गल्लीमा पुरूषको शव फेला

२०७९, २५ जेष्ठ बुधबार १३:१८

काठमाडौं- काठमाडौंको न्युरोडमा एक जना पुरूषको शव फेला परेको छ।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बुधबार बिहान साढे ६ बजे काठमाडौं महानगरपालिका-२४ न्युरोडको रञ्जना सोडा गल्लीमा एक जना पुरूषको शव फेला परेको बताए।

बिहान एक जना पुरूष लडेर अचेत अवस्थामा छ भन्ने खबर प्रहरीले पाएको थियो। सो खबर पछि प्रहरीको टोली खटिएको थियो।

मृतक काठमाडौं महानगरपालिका-१२ टेकुका ३४ वर्षीय सुरेन महर्जन छन्। उनको शव फेला परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थल पुगेको थियो। शवको पोष्टमर्टमको लागि टिचिङ अस्पताल पठाएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु