निर्वाचन आयोगले मतगणना स्थलमा सिसिटिभी अनिवार्य, २०० स्थानमा जोडियो

२०७९, २५ बैशाख आईतवार १९:०९

काठमाडौँ – निर्वाचन आयोगले मतगणना स्थलामा सिसिटिभी अनिवार्य गर्ने भएको छ।

स्थानीय तह निर्वाचनको वैशाख ३० गते हुने मतदानलगत्तै हुने मतगणनामा आयोगले सिसिटिभीको व्यवस्था गर्ने भएको हो। आयोगका अनुसार निर्वाचन अधिकृतहरुलाई दिइएको निर्देशनअनुसार अधिकांश स्थलमा सिसिटिभी जडान भइरहेको छ।

हालसम्म करिब दुई सय स्थानमा आयोगको निर्देशनअनुसार क्यामेरा जडान भइसकेको र अरु स्थानमा जाडान गर्ने प्रक्रियामा रहेको आयोगले जानकारी दिएको छ।

कतिपय स्थानमा आयोगले भनेअनुरुपका क्यामेरा जडान नभएको या अरु कुनै प्रकारका क्यामेरा जडान भएको भन्ने जानकारी प्राप्त भएकोमा उक्त स्थानहरुको गणना दृश्य केन्द्रमा हेर्न नमिल्ने भएकाले आयोगले भने बमोजिमअनुसारकै क्यामेरा जडान गर्न निर्देशन दिएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु