डढेलो निभाउने क्रममा १ को मृत्यु

२०७८, २४ फाल्गुन मंगलवार १९:४२

म्याग्दी: मालिका गाउँपालिका, ५ देवीस्थानको भिरखर्क सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा स्थानीय २६ वर्षीय मनबहादुर बोहराको घटनास्थलमा मृत्यु भएको छ ।
जिल्ला प्रहरीका अनुसार वन डढेलोमा परी भाइ २१ वर्षीय मनबहादुर बोहोरा गम्भीर घाइते छन् ।
घाइतेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि पोखरास्थित बी एन्ड बी अस्पताल रिफर गरिएको छ । बोहोराको थप उपचारका लागि मालिका गाउँपालिका मुकाम रहेको दरवाङ बजारवासी, जनप्रतिनिधि, संघसंस्था, गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट सहयोग जुटाइएको मालिका गाउँपालिका उपाध्यक्ष खरमाया बिटालुले बताइन् ।

Comments

ताजा खबर