दिल्लीमा नेपाली चेलीलाई सम्मान

२०७८, २४ फाल्गुन मंगलवार १९:२९

नयाँ दिल्ली: भारतको नयाँदिल्लीस्थित दिल्ली महिला आयोगले महिला हिंसाविरुद्ध सक्रिया एक नेपाली चेलीलाई सम्मान गरेको छ । आफू स्वंय हिंसाको सिकार भएर त्यसविरुद्ध डटेर लडेकी बुटवलकी सुशीला कँडेललाई अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सम्मान गरिएको हो ।
महिला आयोगले ‘अन्तर्राष्ट्रिय वुमेन्स डे अवार्ड–२०२२’ बाट कँडेललाई सम्मान गरेको जनाएको छ । आयोगकी अध्यक्ष स्वाती मालिवालले उनलाई उक्त सम्मान प्रदान गरेकी थिइन् । मञ्चमा आइपुगेकी कँडेललाई अँगालो हालेर यस्तै काममा निरन्तर लाग्न हौसला दिएकी थिइन् ।

२२ वर्षीया कँडेललाई उनका पतिले नै दिल्लीमा राखेर कुटपिट र हिंसा गर्दैआएपछि उनी त्यसबाट छुटकारा पाएपछि हिंसाविरुद्ध लागेकी हुन् । उनलाई पतिबाटै यौन कार्यमा लाग्न दबाब दिइएको थियो ।

तर, त्यस कार्यलाई अस्वीकार गर्दै कंडेलले पतिविरुद्ध लडाइँ लडेकी छन् । उनी आफ्ना पतिविरुद्ध प्रमण जुटाएर नेपाल र भारत दुवै देशका अदालतमा मुद्दा लडिरहेकी छन् । उनले अनेकौं सामाजिक दबाब झेल्दै महिलाविरुद्धको हिंसामा आफूलाई उभ्याएकीले अन्तर्राष्ट्रिय मञ्चमा उनको सम्मान भएको किन इन्डियाका प्रमुख नवीन जोशीले बताए ।

महिला सशक्तिकरणको सवालमा उनले थालेको लडाइँ प्रंशसनीय रहेको उनले उल्लेख गरे । महिला हिंसा र बेचविखन विरुद्ध कार्यमा किन इन्डिय दिल्लीमा सक्रिय छ । कँडेललाई उनको मुद्दा मामिलामा यही संस्थाले साथ पनि दिएको छ ।

आफूलाई हिंसाबाट जोगाएकी कँडेल यतिबेला महिला हिंसा र वेचविखन विरुद्धको अभियानमा जुटेकी छन् । कार्यक्रममा वक्ताहरूले उनको उच्च प्रशंसा गरेका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु