एभरटनमाथि टोटनहमको पाँच गोल

२०७८, २४ फाल्गुन मंगलवार ०७:५५

ऐजेन्सी: इंग्लिस प्रिमियर लिगमा सोमबार एभरटनलाई ५–० ले हराएको छ । यो नतिजाले टोटनहमको शीर्ष चारमा उक्लने सम्भावना फेरि जीवन्त भएको छ । अब एभरटनमाथि रेलिगेसन डर बढेको छ ।
फ्रांक लाम्पार्ड र उनका खेलाडीले टोटनहमको मैदानमा बेहोरेको यो हारले यस मर्सिसाइड क्लब प्रिमियर लिगमा कायम रहन उपयुक्त नभएको प्रश्न अझ बलियो हुन थालेको छ ।
माइकल केनले आत्मघाती गोल गरेपछि टोटनहमका लागि ह्यारी केनले दुई तथा सन ह्वेङ–मिन र सर्जियो रेगुलनले एक/एक गोल गरे । यो जितपछि टोटनहम ४५ अंकमा सातौं स्थानमा रह्यो ।

एभरटन भने २२ अंकमा १७ औं स्थानमा रह्यो र यो रेलिगेसन क्षेत्रबाट एक अंकको दूरी मात्र हो ।


ताजा खबर