आगन्तुकहरुलाई फाष्ट ट्र्याकबाट प्रवेश गर्ने अनुमति,जापानको सीमामा लचकता

२०७८, २५ माघ मंगलवार २०:०७

जापान सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सीमामा कठोर नियन्त्रण गरेको थियो । आउन पाएकाहरुले पनि झन्झटिलो र असजिलो प्रक्रियाहरुबाट गुुज्रिनु पर्थ्यो। तर जापान प्रवेशलाई खुकुलो बनाउन सरकारले फेब्रुअरी ७ देखि फाष्ट ट्रयाक प्रावधान शुरु गरेको छ ।

फाष्ट ट्र्याकको अर्थ जापानी विमानस्थलमा आइपुगेपछि क्वारन्टिनका नियम तथा प्रक्रियाहरु सबै स्मार्टफोे एपमार्फत पूरा गराउने प्रावधान हो ।यो प्रावधान अहिले कान्साई विमानस्थलमा मात्रै लागू गरिएको छ । त्यहाँ यसको प्रयोगको अनुभव हेरेर नारिता र हानेदामा आगामी महीना यसलाई प्रयोग गरिने अनुमान पनि गरिएको छ । केही दिन अघि जापानका कोभिड–१९ विरुद्धको खोप अभियानको जिम्मा पाएका पूर्व मन्त्री तारो कोनोले पनि सरकारले मार्च देखि सीमा खुकुलो बनाउने सक्ने आशा व्यक्त गरेका थिए ।

यसका कारण विमानस्थलमा झरेपछि यात्रुहरुले अहिलेको जस्तो लामो समय कुरिरहनु पर्दैन । अहिले जापानमा नव प्रवेशी विदेशीलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ । तर फाष्ट ट्रयाकलाई मार्च देखि सीमामा खुकुलो बनाउने सरकारी योजनाको हिस्सा हो कि भनेर अड्कल बाजी गर्न लागिएको छ ।

 


ताजा खबर

    सम्बन्धित शीर्षकहरु