स्थानीय तह निर्वाचनका लागी कम्तीमा १ लाख म्यादी प्रहरी , तलब स्केल कति ?

२०७८, २५ माघ मंगलवार ०७:५९

काठमाडौं: माघ १९ मा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि मानसिक रूपमा तयार रहन र आवश्यक सुरक्षा योजना बनाएर पेस गर्न सुर`क्षा निकायलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणीन्द्र पोखरेल भन्छन्–‘केन्द्रीय सुरक्षा समितिले सुरक्षा निकायलाई योजना बनाउन निर्देशन दिएको छ ।’
गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वको केन्द्रीय सुरक्षा समितिको निर्देशनपछि नेपाल प्रह`रीले चुनावको सुरक्षा केन्द्रित समिति बनाएको छ । प्रह`री प्रधान कार्यालयको कार्य विभागका डिआईजी रवीन्द्र धानुकको नेतृत्वमा समिति बनेको प्र`हरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए । उनले भने–‘स्थानीय निर्वाचनको तयारीका लागी ३ वटा समिति बनेका छन्, समितिले आफ्नो काम सुरु गरेको छ ।’
स्थानीय तह निर्वाचनका लागी कम्तीमा १ लाख म्यादी प्रह`री चाहिने प्र`हरी प्रधान कार्यालयको आकलन छ । प्रह`री प्रधान कार्यालयका एकजना उच्च अधिकारी भन्छन्–‘१ लाख म्यादी प्र`हरी भर्ना गर्नुपर्ने प्रस्ताव सहितको योजना गृह मन्त्रालयमा बुझाउने तयारी छ ।’

देशभर एकै चरणमा चुनाव गर्दा धेरै म्यादी आवश्यक हुन्छ । धेरै चरणमा निर्वाचन गर्दा थोरै म्यादी प्र`हरी भए सुरक्षा दिन सकिने प्र|हरी प्रधान कार्यालयको विश्लेषण छ ।

स्थानीय तहको सुरक्षाका लागी नेपाल प्रहरी मानसिक रूपमा तयार रहेको र ‘ठोस योजना’ चुनावको घोषणा|पछि तयार गरिने प्रह|री प्रवक्ता विष्णु कुमार केसीले रातोपाटीलाई बताए ।

२०७४ मा दुई चरणमा गरेर स्थानीय तह निर्वाचन भएको थियो । सो निर्वाचनमा सर`कारले २ लाख २६ हजार सुरक्षा`कर्मी परिचालन गरेको थियो । त्यति वेला ७५ हजार म्यादी प्रहरी परिचा`लन गरिएको थियो । यसअघिको स्था`नीय तह निर्वाचनमा सरकारले नेपाली सेनालाई बाहिरी घेरामा परिचालन गरेको थियो । पहिलो घेरामा नेपाल प्रह`री र दोस्रोमा सशस्त्र प्रह`रीलाई परिचालन गरेको थियो ।

गृह मन्त्रालयले चु`नावको सुरक्षाका लागी कत्ति खर्च लाग्छ भन्ने पनि आकलन गरि`सकेको छैन । तर, निर्वाचन आयोगले सुर`क्षाका लागी मात्र करिब २५ अर्ब खर्च लाग्ने आँकलन गरेको रातोपाटीमा खबर छ । तलब एक प्रह`री जवान बराबरको हुन सक्ने छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु