सुर्य खड्का र लक्ष्मी खड्काको नयाँ तिज गित ‘स्याब्बै माया स्याब्बै’

२०७९, ६ श्रावण शुक्रबार १७:४७

संजय पौड्याल :- पछिल्लो नेपाली सांगितिक बजार संगितमय साथै लोकमय वन्दै गएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् ।

चाँडै आउन लागेको तिज लक्षित गितहरु आऊन थालिसकेका छन्। बजारमा तिजको रौनक सुरु भईसकेको छ, यसैविच सुर्य खड्काको नयाँ तिज गित ‘स्याब्बै माया स्याब्बै’ भखर्रै सार्वजनिक भएको छ ।

सुप्रसिद्ध गायिका लक्ष्मी खड्का र गायक सुर्य खड्काको गाएको गितमा गितकार शिव अखेलीको उत्कृष्ट शब्द सृर्जना र गायक खड्काको लय रचना रहेको छ । गितमा विश्वास नेपालको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा प्रेमिकल जोडीहरुको माया प्रेमको विषयस्तु दर्शाईएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

काजिश श्रेष्ठको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा ओवी रायमाझी, लोमश शर्मा, निक्स शर्मा, रुविना अधिकारी, कविता न्यौपाने र रविना भण्डारीको अभिनय संगै डान्सिङ्ग फिचर रहेको छ ।

अत्न्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई  दुर्गा पौडेलले छांयाकन एवम् नविन धर्ति मगरले सम्पादन गरेका छन् । गित Surya Khadka अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

**हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो **

 

 

 

 

 

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु