पेस्तोलसहित भारतीय नागरिक दीप कुमार पक्राउ

२०७९, ६ श्रावण शुक्रबार ०८:४६

लमजुङ – पेस्तोलसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

बेँसीसहर नगरपालिका-१ उदिपुर क्षेत्रमा हिँडिरहेका भारतको मोतीहारी जिल्लाका २२ वर्षीय दीप कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए।

शंकास्पद गतिविधिमा बुधबार हिँडिरहेका बेलामा प्रहरीले पक्राउ गरे पनि बिहीबार साँझ ती युवालाई सार्वजनिक गरिएको हो। उनको साथबाट पेस्तोलसहित एक थान गोली, मोबाइल, सिमकार्ड र निजको आधार कार्डसमेत बरामद गरिएको जिल्ला प्रहरी प्रहरीले जनाएको छ।

बिहीबार जिल्ला अदालत लमजुङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु