बार्सिलोनाको आधा दर्जन गोल

२०७९, ४ श्रावण बुधबार १२:५६

काठमाडौँ: प्री सिजन टुर अन्तर्गत अमेरिका भ्रमणमा रहेको क्याटलान क्लब बार्सिलोनाले इन्टर मियामी सीएफको पोस्टमा ६ गोल गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा ला लिगा महारथी क्लब बार्सिलोनाले दुबै हाफमा समान तीन गोल गर्‍यो ।

आक्रमणमा मजबुद प्रदर्शन गरेको जाभिको टिमले पुरै समय मियामीलाई दबाबमा राखेको थियो । बार्सिलोनाको जितमा पीएरे इम्रीक औबामेयाङ, डेब्यु गरेका राफिन्हा, अन्सु फाती, गाबी , मेम्फिस डिपाए र औसमान डेम्बेलेले एक एक गोल गरे । अब बार्सिलोनाले अमेरिका भ्रमणमा सहरी प्रतिद्वन्दी रियल मड्रीड र युभेन्ट्ससंग प्रतिस्पर्धा गर्ने तालीका रहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु