निर्देशन तथा सम्पादन वीरेन्द्र भाटको “धोबी खोला”

२०७९, १ श्रावण आईतवार १७:५०

काठमाण्डौ ,संजय पौड्यालतीजगीत ‘धोबीखो’ला को भिडिओ सार्वजनिक भएको छ l हेमनाथ खरेलको शब्दरचना र वीर बहादुर विश्वकर्माको सङ्गीत रहेको यस गीतमा देवी घर्ती, वीर बहादुर विश्वकर्मा, रमेश विश्वकर्मा र ओम सेन्चुरीको स्वर रहेको छ विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको यस गीतको मिक्सिङ र माष्टरिङ खड्ग बाजुरालीले गरेका हुन् l

खिमानन्द खरेलको लगानी एवं परिकल्पनामा निर्मित यस म्युजिक भिडिओको निर्देशन तथा सम्पादन वीरेन्द्र भाट ‘विपिन’ ले गरेका हुन् भने लोकेश भाटले सहायक सम्पादकको रुपमा काम गरेका छन् l

आउँदै गरेको हरितालीका तीज लाई लक्षित गरि  प्रस्तुत गरिएको यस गीतले अवश्यपनि हरितालिका तीजको  गीत र संगीतमा थप टेवा पुर्याउने छ , भन्ने आशा राखेको शब्दरचनाकार हेमनाथ खरेलले बताउनुभयो l

शिवजी क्षेत्रीको कोरियोग्राफी र राम के.सी. को सिनेम्याटोग्राफी रहेको यस भिडिओमा लोमश शर्मा, अस्मिता रनपाल, कैलाश कठायत र कोमल पाण्डेले प्रमुख मोडलको रुपमा अभिनय गरेका छन् l भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्माण भएको हो l

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु