कर्मचारिको बढेको तलब आजदेखि लागू

२०७९, १ श्रावण आईतवार १०:२९

काठमाडौं: आजदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारले बझे६मा राखेका विभिन्न कार्यक्रमहरू आजदेखि लागू हुनेछन् । कर्मचारिको बढेको तलब पनि आजदेखि लागू हुने छ ।

सरकारले नयाँ आर्थिक वर्षदेखि आयकर पनि घटाएको छ । साढे चार लाख रुपैयाँसम्मको आयमा एक प्रतिशत मात्र लाग्ने करको सीमालाई बढाएर सरकारले ६ लाख रुपैयाँ पुर्‍याएको छ । आर्थिक बर्ष २०७९-८० को बजेट अनुसार आजदेखि नयाँ व्यवस्था लागू भएको हो ।

साढे चार लाखमाथि १०, २०, ३० र ३६ प्रतिशतसम्म कर तिरिरहेकाको आम्दानी अब स्वतः बढ्ने भएको छ । गत २०७८/९७ सम्म साढे चार लाख कमाउनेले वार्षिक ४५ सय रुपैयाँ कर तिरे पुग्थ्यो भने आजबाट लागू हुने नयाँ नियम अनुसार ६ लाख रुपैयाँसम्म कमाउनेले अब १ प्रतिशत मात्र अर्थात ६ हजार रुपैयाँ तिरे पुग्छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु