नेपाल र नामिवियाविरुद्ध खेल्ने स्कटल्यान्डको क्रिकेट टिममा दुई परिवर्तन

२०७९, २५ असार शनिबार १६:४३

काठमाडौँ: आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल र नामिवियाविरुद्ध खेल्ने स्कटल्यान्डको क्रिकेट टिममा दुई परिवर्तन भएको छ । लिग-२ अन्तर्गत स्कटल्यान्डमा आइतबारदेखि त्रिकोणात्मक एकदिवसीस क्रिकेट सिरिजको आयोजना गर्दैछ । जसमा आयोजक स्कटल्यान्ड, नेपाल र नामिवियाको सहभागिता रहनेछ ।

स्कटल्यान्डले आफ्नो पहिलो खेल आइतबार नामिवियाविरुद्ध खेल्दैछ । तर त्यसअघि स्कटल्यान्डका दुई खेलाडी टिमबाट बाहिरिएका छन् । क्रिकेट स्कटल्यान्डले जनाए अनुसार अलराउन्डर डायलन बज घाइते भएपछि उनको स्थानमा क्रिस ग्रिभ्सलाई टिममा समेटिएको छ ।

त्यसैगरी, कोभिडका कारण बलर क्रिस सोल टिमबाट बाहिरिएपछि उनको स्थानमा अली इभान्सलाई स्थान दिइएको छ ।

सिरिज अन्तर्गत स्कटल्यान्डले दोस्रो खेल नेपालविरुद्ध जुलाई १३, तेस्रो खेल नामिवियाविरुद्ध जुलाई १४ तथा अन्तिम खेल नेपालविरुद्ध जुलाई १७ मा खेल्नेछ ।

नेपालले भने पहिलो खेल नामिवियाविरुद्ध जुलाई ११ तथा तेस्रो खेल नामिवियाविरुद्ध जुलाई १६ मा खेल्ने तालिका रहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु