वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर

२०७८, २४ चैत्र बिहीबार ०६:०९

काठमाडौं: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताएका छन्। बुधवार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको उल्लेख गर्दै वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताएका हुन् । उनले बैंकसँग पनि लगानीको लागि दिने पैसा नभएकाले देश देश संकटमा रहेको बताए।

‘खल्तीमा कसैको पैसा हुँदैन । बैंक त्यसैकारण खोलेका हुन् । कुनैपनि नयाँ उद्योग, व्यवसाय सुरु गर्दा बैंकबाट ऋण लिनुपर्छ । बैंकले दिनुपर्छ,’ उनले भने, ‘नयाँ लगानीका लागि कुनै सम्भावना छैन यतिखेर किनभने बैंक पैसा दिन सक्दैन । बैंक पैसा दिन सक्ने अवस्थामा छैन । यो सरकार तुरुन्तै, तुरुन्तै, तुरुन्तै ढलेन भने जति दिन रहन्छ त्यति बढी देशलाई बर्बादीतिर धकेल्छ ।’

अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनसम्म गतिका साथ पार्टी काममा खट्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु