उद्योगमा लोडसेडिङ छैन, राजनीतिक कुरा गरियो- कुलमान

२०७८, २४ चैत्र बिहीबार ०५:५६

काठमाडौँ: भारतबाट बिजुली पाउन छोडे पनि नेपालका औद्योगिक ग्राहकमा गरिएको अघोषित लोडसेडिङ अन्त्य भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नरहेको बताए ।
अहिले कुनै पनि उद्योगमा लोडसेडिङ छैन । पिक आवरमा र प्रसारणलाईनमा समस्या हुँदा केही उद्योगमा १/२ घण्टा बिजुली काटिन्छ होला । बाँकी कहीं कतै लोडसेडिङ छैन´ बुधबार ऊर्जा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा घिसिङले भने, `यो अपर्झट आएको समस्या हो । अहिले समाधान भैसकेको छ ।´
केही दिन बिजुली आपूर्तिमा समस्या हुँदा निजी क्षेत्रले विद्युत् प्राधिकरणसँग राजनीतिक निसाना साँधेको घिसिङले आरोप लगाए । `निजी क्षेत्रले बिजुली नपाएको भनेर बिज्ञप्ति जारी गरिरहेका छन् । अहिले उनीहरुले पूर्णतया राजनीतिक कुरा गरिरहेका छन् । ´

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु