प्रि ओपन सेसन अपडेटः करिब १ अंक घट्यो नेप्से

२०७८, २३ फाल्गुन सोमबार ११:०२

काठमाडौं: साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार ३.६६ अंक घटेर २५४३.३९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७३ अंक घटेर २५४२.६६ विन्दुमा झरेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.८५ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ८ स्टकको ३ लाख ८३ हजार १०७ रुपैयाँ ८० पैसा बराबरको ९५० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ।

Comments

ताजा खबर