ब्राउनसुगर र पेस्तोल सहित तीन जना पक्राउ

२०७८, २३ फाल्गुन सोमबार १०:३१

कल्पना श्रेष्ठ, दाङ: लागुऔषध र पेस्तोलसहित बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाको खजुरा गाउँपालिका-१ गल्क्षीका २५ वर्षीय रविन्द्र थापालाई प्रहरीले लागुऔषध र पेस्तोलसहित पक्राउ गरेको हो ।

उनको साथबाट ९० ग्राम लागुऔषध ( ब्राउनसुगर) र कालो कलरको म्याग्जिन नभएको अटोमेटिक पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार थापासँग कारोबार गर्ने थप दुई जनालाई समेत प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खजुरा-२का २७ वर्षीय मनिस थापा र नपालगन्ज उपमहानगरपालिका-१३ का सुरेश रोका मगर छन् । तीनै जनालाई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु