नेपाल मेरी आमा- कवि : सुरेन्द्र चौहान

२०७८, २४ माघ सोमबार १७:१९

नेपाल मेरी आमा- कवि : सुरेन्द्र चौहान

(१)

हेर्दै सुन्दर देखिन्छन् है,हिमाल पहाड तराई
सकल जन मिली बस्छ्न,कोहि छैन पराई ।
जगतकै मानव जातको , नेपाल दिव्य घाम
सन्तानलाई माया बाड्ने,नेपाल मेरी आमा ।

(२)

इच्छा छैन अमिर बनी, बिलासी भई बाच्ने
चाहना छ हाँसी खुसी, तिम्रै काखमा नाच्ने ।
सीता पनि सङीसङ,नाच्थिन लगाइ जामा
पोल्टाभरी दवाइ बोक्ने,नेपाल मेरी आमा ।

(३)

कालीलाई चोट लाग्दा,मेचीको मन दुखोस
मन दुखाइ रोइन् आमा,आँसु चाडै सुकोस ।
सारा संसार रमाइ रमाइ, हेर्छन हिमाल लाम
सन्तान हाँसे आफू हास्ने, नेपाल मेरी आमा ।

(४)

उच्च स्वरमा कराउथ्यौ , आज कता लागयौ
लुटिइरहिन नेपाल आमा, तिमी कता भाग्यौ ?
मातृभूमि भन्दा ठूलो , न तिमी हौ , न म
अन्न जल दिई हुर्काउने ,नेपाल मेरी आमा ।

(५)

वैरी आइ लुट्दै छ रे , कालापानी पनि
गए ज्यान जाओस् बरु,लड्छु साहासी बनी ।
माथी पट्टि सुन्दर ठाँउ छ,लिम्पियाधुरा नाम
एकता मै रमाइ हास्ने, नेपाल मेरी आमा ।

(६)

हावा पानी पनि चिसो,लिपुलेकमा पनि
आए अरे विस्तारवादी,लुट्छु भूमि भनी ।
भृकुटीले चीनमा पनि,राखी आइन नाम
स्वर्ग झै लाग्छ मलाइ,नेपाल मेरी आमा ।

(७)

रुप र गुणले भरिएको , स्वर्ग जस्तो नेपाल
बनाउनु छ मिलीकन,यही देशलाई विशाल ।
एक भइ जुटौ अब , उठौ काका मामा
मुटु भन्दा प्रिय लाग्छ , नेपाल मेरी आमा ।

Comments

ताजा खबर