व्याज आम्दानी बढे सँगै स्वावलम्बन लघुवित्तको खुद नाफा बढ्यो

२०७८, २४ माघ सोमबार १०:५८

काठमाडौं: स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेड (SWBBL) ले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.२३.५१ करोड खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा २७.४२% ले बढि रहेको छ। खुद नाफा बढे पनि शेयर संख्या बढेकोले कम्पनीको प्रति शेयर आम्दानी भने रु.४६.५७ बाट घटेर रु.४१.९० कायम हुन आएको छ।

व्याज आम्दानीमा उलेख्य २०% को वृद्धि, खुद व्याज आम्दानीमा २०.६६% को वृद्धि तथा कुल संचालन आयमा २६.११% ले बढेकोले गर्दा कम्पनीको खुद नाफा बढेको हो।

रु.१.१२ अर्ब चुक्ता पूंजी रहेको लघुवित्तको जगेडा तथा कोष १७.५३% ले वृद्धि भएर रु.१.८ अर्ब पुगेको छ। हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात १६०.४४% रहेको छ। यस्तै, लघुवित्तको कुल शेयरधनीकोष पनि वृद्धि भएर रु.२.९२ अर्ब कायम भएको छ। शेयरधनीकोष बढे पनि शेयर संख्या बढेकोले कम्पनीको प्रति शेयर किताबी मुल्य रु.२९३.३२ बाट घटेर रु.२६०.४४ कायम हुन आएको छ।

राष्ट्रिय स्तरमा कारोबार गर्ने लघुवित्तले व्यवसाय तर्फ राम्रो प्रगति गरेको छ। दोश्रो त्रैमासमा विभिन्न बैंक वित्तिय संस्थाहरु बाट रु.५.४३ अर्ब कर्जा सापट र ग्राहक सदस्यहरुबाट रु.११.२६ अर्ब निक्षेप संकलन गरी कुल रु.१६.७० अर्ब पूंजी परिचालन गरी रु.१८.९६ अर्ब कर्जा प्रवाह गरेको छ। पूंजी परिचालन र कर्जा प्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमश १६.०९% र १९.८७% को वृद्धि रहेको छ।

त्यस्तै, अघिल्लो आ. व. को सोही अवधिमा ४.०२% रहेको निष्कृय कर्जा अनुपात बढेर ७.२६% पुगेको छ। निष्कृय कर्जा अनुपात वृद्धि हुँदै जादा कर्जा नोक्सानी व्यवस्थाका कारण नाफा नोक्सान हिसाबमा प्रत्यक्ष असर पर्ने गर्दछ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु