चुनावको मिति घोषणा गर्ने तयारी,शेयर बजारलाई कस्तो असर गर्ला ?

२०७८, २४ माघ सोमबार ०८:०५

काठमाडौं: सरकारले आज बस्ने मन्त्रिपरिषद् बैठकबाट जेठ ४ गतेको लागि स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी छ ।
सरकारका प्रवक्ता, सूचना संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारहरुसंग कुरा गर्दै सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट चुनावको मिति घोषणा गर्ने बताउनुभयो ।
आउँदैछ जेठ पाँच गते स्थानीय जनप्रतिनिधिहरूको कार्यकाल सकिँदैछ । समयमै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई चौतर्फि दवाव समेत आइरहेको छ ।
स्थानिय तह नेतृत्वविहीन हुनु पूर्व नै सरकारले चुनाब गराउने यसअगाडि नै प्रतिबद्धता जनाइसकेको छ । जस अनुरूप निर्वाचन आयोगले समेत तयारी थालेको छ, साथै आज यसको आधिकारिक घोषणा हुने कार्कीको भनाइ छ ।
शेयर बजारमा कस्तो प्रभाव पर्ला
यस अघि जेठमा चुनाव हुने खबरले शेयर बजार एक्कासी बढेको थियो । साथै पछिल्ला केही दिन बजार घट्नुका पछि चुनावको मिति समयमा घोषणा नहुनु बताउँदै आइएकोमा मिति घोषणा पछि केही दिन बजार बढ्ने धेरैको बुझाई छ ।
नेपालको शेयर बजार पछिल्लो समय साना राजनीतिक कुराहरूले समेत प्रभावित हुने गरेको छ । केही लगानीकर्ताहरु चुनाव सुनिश्चिता प्रतिक्षामा रहेको हुँदा यसले बजारमा राम्रै प्रभाव पार्ने धेरैको बुझाइ छ ।
आज मध्यान्न साथै भोलि र पर्सी चुनावको मितिको प्रभाव शेयर बजारमा पर्ने विश्लेषकको भनाई छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु