ब्रेन ल्यान्ड एकेडेमी मा राष्ट्रिय सेवा दल को उद्घाटन

२०७९, २२ असार बुधबार १६:०४

काठमाडौँ ,संजय पौड्यल – महासचिव पारसमणि दाहालको प्रमुख अतिथिमा ब्रेन ल्यान्ड एकेडेमी मा राष्ट्रिय सेवा दलले कार्यक्रम सञ्चालन गर्ने भएको छ । NCC प्रतिनिधि सेनानी श्री सुनिल रावतको उपस्थितिमा यो कार्यक्रम सञ्चालन भएको  थियो ।

अनुशासित, वफादार र नेतृत्व दिन सक्ने देशभक्त स्वयम् सेवक जनशक्ति एवं सक्षम नागरिक तयार पार्ने उदेश्यले राष्ट्रिय सेवा दलले (NCC) अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न तालिमहरु दिइने छ ।

वि.सं. २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलले स्थापनाकालदेखि नै राष्ट्रिय अनुशासन, नेतृत्व, भ्रातृत्व, राष्ट्रिय एकताको भावना, आत्म विश्वास एवं निस्वार्थ सेवाभाव रहेको युवा जनशक्तिको विकास गर्ने उद्येश्यले नेपाली सेनाको सहकार्यमा यस्तो प्रशिक्षण दिदै आएको छ ।

NCC लाई राष्ट्रिय क्याडेट कोरको रूपमा लिइन्छ जहाँ विद्यार्थीहरूलाई स्कूल परिसरमा सेना अधिकारीद्वारा प्रशिक्षण दिइनेछ। ब्रेन ल्यान्ड एकेडेमीका  १८ केटा र १८ केटीहरूको छनोट छिट्टै सम्पन्न हुनेछ। नेपाली सेनाको समन्वयमा  यो कार्यक्रम यस शैक्षिक वर्षमा सञ्चालनमा आउने छ ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु