पोखरा महानगरको बजेट मा एमालेको बिरोध

२०७९, १० असार शुक्रबार २२:१८

पोखरा: पोखरा महानगरको बजेट प्रस्तुत हुनु अघि नेकपा एमालेका जनप्रतिनिधिहरुले विराेध जनाएका छन् । पोखरा सभागृहमा पाेखरा महानगरले बजेट प्रस्तुत गर्ने कार्यक्रम थियाे । दिउँसाे ४ बजे बजेट प्रस्तुत हुने भनिएपनि सुरु हुनुभन्दा अघि नै एमाले संसदीय दलका नेता राधिकाकुमारी शाहीले कुनै छलफल नै नगरी राताे किताब ल्याएकाे भन्दै किताब च्यातेकी थिईन् ।

त्यस लगत्तै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु हल बाहिर निस्किएर नारा बाजि गरिरहेका छन् । यता पाेखराका मेयर धनराज आचार्यले राताे किताब नभई ड्राफ्ट भएकाे बताएका छन् । सरकारी प्रक्रिया पूरा गर्न ड्राफ्टमा कुनै शंका नगर्न उनले अाग्रह गरेका छन् । ‘छलफल भएर बिषय र याेजना टुगिंन बाँकी नै छ,’ उनले भने, ‘पुरै सम्पन्न भएक छैन् कसैलाई भ्रममा नपर्न आग्रह गर्दछु।’ अहिले पाेखराकाे बजेट प्रस्तुत हुन सकिरहेकाे छैन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु