समृद्ध पालुङटार हाम्रो सान’ भन्ने नारालाई सार्थक तुल्याउने गरी बजेट प्रस्ताव

२०७९, १० असार शुक्रबार २२:०३

गोरखा: पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ८२ करोड ६० लाखको बजेट सार्वजनिक गरेको छ । संघीय सरकारको समानीकरण अनुदानतर्फ १९ करोड ७९ लाख, ससर्त चालुतर्फ ३२ करोड ९५ लाख, ससर्त पुँजीगततर्फ ३ करोड ३३ लाख, संघीय सरकारको समपुर अनुदानबाट एक करोड ६० लाख र राजस्व बाँडफाँटतर्फ ११ करोड ४४ लाख आय-व्याय अनुमान गरेको छ ।

प्रदेश सरकारको समानीकरण अनुदानतर्फ २ करोड ५२ लाख ६२ हजार, समपुरक अनुदान १ करोड र राजश्व बाँडफाँटमा ९० लाख ३९ हजार रुपैयाँको बजेट सार्वजनिक भएको छ । संघीय सरकार, प्रदेश सरकार र आन्तरिक आय गरि ८२ करोड ६० लाख रुपैयाँको बजेट सार्वजनिक भएको हो ।
‘समाजवादको आधार निर्माणको अभियान, सुन्दर, समृद्ध पालुङटार हाम्रो सान’ भन्ने नारालाई सार्थक तुल्याउने गरी बजेट प्रस्ताव तय गरेको नगर उपप्रमुख वन्दना पाण्डेले नगरसभामा जानकारी गराइन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु