भ्वाइस अफ स्याटको अडिसन राउण्ड भव्यताका साथ सम्पन्न

२०७९, १० असार शुक्रबार १७:३६

काठमाडौं: अत्यन्तै रियालिटी सोको झझल्को मेटाउने गरि असार८ गते देखि सुरुभएको “भ्वाइस अफ स्याट” को अडिसन राउण्डको अन्तिम दिन आज उत्साहजनक विद्यार्थिको सहभागितामा ३८ जना प्रत्योगी हरु छानि सम्पन्न भएको छ। उत्पत्यका निजी विद्यालयहरुको छाता सङ्गठन स्कुलस अलाइन्स फर एकेडेमिक टान्सफरमेसन (स्याट) को ५ सदस्य विद्यालय भित्र विशेष कार्यक्रमका साथ अन्तिम दिनको अडिसन सु-सम्पन्न गरिएको छ।

आज अडिसनको अन्तिमदिन पाँच विद्यालयका १६८ जना प्रत्योगीका बिचमा अडिसन गरियो। यसरी आजको प्रत्योगीतामा स्याटका सदस्य विद्यालय क्रमश सेन्ट जर्ज स्कुल,नोब्स स्कुल, युनिभर्सल स्कुल, ऐकता स्कुल र अमरदिप स्कुल का विद्यार्थिहरु समाबेश भएका थिए।

पहिलो दिन असार ८गते चार विद्यालयमा १८२ जना प्रत्योगीहरु अडिसन राउण्डमा सहभागि क्रमश पिक पोइन्ट ऐकेडेमी , पिक पोइन्ट पब्लिक स्कुल, सेट जोन स्कुल र सामतेन मेमोरियल एजुकेशन एकेडेमी का बिद्यार्थिहरु समाबेश भएका थिए।

दोस्रो अडिसन असार ९ गते ५ विद्यालयका २४७ विद्यार्थिहरु बिच प्रतिस्पर्धा भएको र जसमा ब्रेनल्याण्ड एकेडेमी, विद्या सदन स्कुल, गोल्डेन ग्राडेन स्कुल र विनायक इङ्लिस स्कुल का बिद्यार्थीहरु समाबेस भएका थिए ।

स्याटले विद्याथीहरुको क्षमताको पहिचान गर्दै विभिन्न विधामा अभिमुखीकरण कार्यक्रमदेखि प्रतियोगिताको आयोजना गर्दै आएको छ । विशेष गरी फुटसल, डान्स, बास्केटबल, हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, विद्यार्थी करिअर काउन्सिल लगायतको विधामा कार्यक्रमको आयोजना गर्दै आएको छ । काठमाडौँको उत्तरी पूर्वी भेगमा रहेका विद्यालयहरू बिच मिलेर बनेको छाता सङ्गठन अन्य छाता सङ्गठनभन्दा सानो भएता पनि विद्यार्थीहरूको प्रतिभा उजागर गर्नेमा भने यो विद्यालय समुह पहिलो नै देखिन्छ ।

अडिसन राउण्डपछि टप २० राउन्डका लागि ११७ जना अडिसन राउण्डबाट छानिएका प्रत्योगीहरु प्रतिस्पर्धा गर्नेछन् । श्रावण १४ मा हुने टप २० को छनोट प्रतियोगिता ब्रेनल्याण्ड एकेडेमीको हलमा हुनेछ । सो बाट छनोट भए पछि प्रतिस्पर्धिहरुले उपाधिका लागि भिड्नेछन् ।

श्रावण २८ भ्वाइस अफ स्याटको फाइनल हुनेछ । चुनिखेल स्थित पिक प्वाइन्टको हलमा गरिने ग्राण्ड फिनालेमा राष्ट्रिय स्तरका गायक, सङ्गीतकारले निर्णायकको भूमिका निर्वाह गर्नेछ । पाँचौँ स्थानसम्म हासिल गर्ने प्रतिस्पर्धीहरूलाई पुरस्कृत गरिनेछ । ट्रफी, मेडल र प्रमाण–पत्र द्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको गुणस्तर, सहभागी हुने विद्यालय तथा प्रतियोगिहरुको चासोलाई मध्यनजर गर्ने हो भने ‘भ्वाइस अफ स्याट’को पहिलो संस्करण विद्यालय स्तरमा खोजिने र यो कार्यक्रमको प्रमुख प्रायोजन भने मनास्लु वल्ड कलेज (Manaslu world College) ले गर्नेकुरा स्याटले जनाएको छ ।

Comments

ताजा खबर