संग्रहालयमा चक्रसंवर पौभा भित्तेचित्र निर्माण गरिने

२०७९, ९ असार बिहीबार ०५:३२

काठमाडौँ: संस्कृतिविद् एवं वाङ्‍मय शताब्दी पुरूष सत्यमोहन जोशीको निवासमा रहेको संग्रहालयमा चक्रसंवर पौभा भित्तेचित्र निर्माण गरिने भएको छ ।

पौभा चित्र निर्माणका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले आज जोशी निवास पुगी सो जानकारी गराएका हुन् ।

केही समयअघि संस्कृतिविद् जोशीले आफूलाई घरमा बोलाएर निवासमा बनेको संग्रहालयमा आफ्नो अन्तिम इच्छा बमोजिम चक्रसंवर पौभा भित्ते चित्र निर्माणका लागि बजेट विनियोजन गरिदिन आग्रह गरेका मन्त्री श्रेष्ठले जानकारी दिए । संस्कृतिविद् जोशीको आग्रह अनुसार नै मन्त्रालयले बजेट विनियोजन गरेको जनाइएको छ । रासस

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु