प्रदेश भित्र स्वचालित भाडादर लागू गर्न महासंघको माग

२०७९, ८ असार बुधबार २३:१४

स्वचालित भाडादर लागू नभएमा सार्बजनिक यातायात केन्द्रिय महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी’
काठमाडौ, ८ असार ।
सरकारले गरेको मूल्य वृद्धिले प्रदेश भित्र संचालन हुने सवारीसाधन मर्कामा परेको भन्दै स्वचालित भाडादर लागू गर्न माग गरिएको छ । सार्वजनिक यातायात केन्द्रिय महासघं नेपालले स्वचालित भाडादर लागू गर्न माग गरेको हो ।
मंगलबार श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश हेटौंडामा एक पत्र बुझाउदै सरकार द्वारा पटक-पटक इन्धनमा गरेको मुल्य वृद्धिको कारणबाट यातायात ब्यवसायीमा पर्न गएको असहज परिस्थिति सृजना भएको महासंघले जनाएको छ ।  सार्वजनिक यातायात केन्द्रिय महासघं नेपालका महसचिब भरत नेपाल द्वारा दस्तखत भएको पत्रमा भनिएको छ । .

“पछिल्लो समय भएको भाडा समायोजन पश्चात संघिय मन्त्रालय यातायात व्यवस्था विभागद्वारा भाडा समायोजन नीति अनुसार १३ वटा सूचकको आधारमा हरेक वर्षको श्रावण मसानतमा गरिने ६५% सार्वजनिक यातायात भाडाको औसत र पेट्रोलियम पदार्थ इन्धनको औषतमा गरिने ३५% भाडा समायोजन पद्यतिलाई ५% भन्दा माथि प्रतिलिटर इन्धनको मूल्य वृद्धि हुँदा र घट्दा स्वचालित रुपमा भाडा समायोजन हुने पद्यति अनुसार नै यातायात व्यवस्था विभागवाट मिति २०७ ९ / ०२ /३ गते देखी निरन्तर रुपमा इन्धनको मूल्य वृद्धि हुँदाका दिन नै अन्तर प्रदेशको भाड़ा समयोजन पश्चात पटक पटक गरी डिजलमा रु.४९ र पेट्रोलमा प्रतिलिटर रु.३९ रुपैयाँ मूल्य वृद्धि भै आएकोले प्रदेश अन्तर्गतको भाडा हासम्म समायोजन नहँदा यातायात व्यवसायी अत्यन्तै मर्कामा पर्ने हुँदा केन्द्रले गरेको भाडा समायोजन नीति अनुसार नै स्वाचालित हुने गरी यस प्रदेशमा संचालन हुने मध्ये दुरी लोकल दुरी , सहरी रूट , पर्यटन यातायातका साथै मिटर जडित ट्याक्सी र ढुवानी यातायात समेतको स्वचालित भाडा समायोजन गरिदिन माग गरिएको” पत्रमा उल्लेख छ ।

स्वचालित भाडादर लागू नभएमा सार्बजनिक यातायात केन्द्रिय महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ । यस विषयमा मन्त्रालय बाट सकारात्मक प्रतिक्रिया आएको महासंघले जनाएको छ ।

तीन तहको सरकार भएपछि केन्द्र सरकारले अन्तर प्रदेशको मात्र भाडा समायोजन भएको छ भने प्रदेश र स्थानीय सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरेका छैनन ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु