हालसम्मकै उच्च दरले पेट्रोलियम पदार्थको मुल्य वृद्धि

२०७९, ५ असार आईतवार २३:५८

पेट्रोलको प्रतिलिटर १९९ र डिजेल तथा मट्टितेलको प्रतिलिटर प्रतिलिटर १९२ रुपैयाँ कायम ।
पाल्पा, ६ असार । नेपाल आयल निगमले आइतबार राति १२ः०० बजे देखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ बढाएर १९९ रूपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँ मूल्य वृद्धि गरेर प्रतिलिटर १९२ रुपैयाँ पुर्याएको छ । निगमले बधाएको पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च दर हो ।  खाना पकाउने एलपीजी ग्यासको मूल्य यथावत रहेको छ ।

हालको मुल्यलाई कायम गर्दा पनि आगामी आसार मसान्तसम्म निगमलाई ५५ अर्ब नोक्सान हुने निगमले प्रकशन गरेको बिज्ञप्तिमा उल्लेख छ ।

Comments

ताजा खबर