कुवेतबाट फर्किएपछि कप्तान नवयुगले भने : प्रशिक्षकको व्यवहार चित्तबुझ्दो थिएन

२०७९, २ असार बिहीबार १८:०३

काठमाडौं । नेपाली फुटबल टिमका कप्तान नवयुग श्रेष्ठले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको खेलाडीप्रतिको व्यवहार चित्त बुझ्दो नभएको बताएका छन् ।

फाइल फोटो

कुवेतमा भएको एसियन कप छनोट खेलेर फर्किएपछि कप्तान नवयुगले खेलाडी र प्रशिक्षकबीचको विवादबारे बोलेका हुन् । उनले भने, ‘खेलाडी आफैंले होटल छोडेर गएका होइनन् । प्रशिक्षकले होटल छोडेर जान सक्छौं भने पछि उनीहरु निस्किएका हुन् । खेलाडीप्रति प्रशिक्षकले गरेको व्यवहार चित्त बुझ्दो थिएन ।’

प्रशिक्षकसँगको विवादपछि १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए, त्यतिबेला नै खेलाडीको पक्षमा बोलेका गोलकिपर किरण चेम्जोङलाई पनि अलमुताइरीले टिममा राखेनन् । उनी नयाँ खेलाडी लिएर कुवेत गएका थिए । जसमा नवयुग श्रेष्ठले कप्तानको जिम्मेवारी पाएका हुन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु