शिक्षण अस्पताल महाराजगञ्‍जमा जागिर खुल्यो

२०७९, १ असार बुधबार ०७:५५

काठमाडौँ: त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जले दुई हाउस अफिसर पद माग गरेको छ । अस्पतालले चिकित्सा शास्त्र अध्ययन संस्थान डिनको कार्यालय अन्तर्गत सञ्चालित दन्त चिकित्सा शिक्षण अस्पतालका लागि दुई हाउस अफिसर पदका लागि करार सेवामा दरखास्त आह्वान गरेको हो ।

बी.डी.एस. उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलको लाइसेन्स प्राप्त पुरुषको हकमा ४० वर्ष र महिलाको हकमा ४५ वर्ष उमेर ननाघेका इच्छुक नेपाली नागरिकले असार ७ गतेसम्ममा कार्यालय समयभित्र दरखास्त दिइसक्नु पर्नेछ ।

लिखित परीक्षा हुने भएको हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु