आइतबारको सार्बजनिक बिदा खारेज, पुरानै समय कायम

२०७९, १ असार बुधबार ०७:४३

शनिबार मात्र बिदा हुने गरी कार्यालय संचालन हुने
पाल्पा, १ असार ।
गएको जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज भएको छ । गृह मन्त्रालयले गएको सोमबार सूचना जारी गर्दै यही जेठ २३ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो ।

प्रकाशित सूचना अनुसार आज असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने भएको छ । सरकारी कार्यालयमा गएको असार १ देखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत्र मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म हुने छ । यस्तै शुक्रबार बिहान १० देखि अपरान्ह ३ बजेसम्म हुने छ । अब शनिबार मात्र बिदा हुने गरी कार्यालय संचालन हुनेछ ।

Comments

ताजा खबर